आज:  २०८१ चैत्र ४, सोमबार | Mon, 17, Mar, 2025 Search
FLASH NEWS

देवचुली १ मा गैंडाको आक्रमणबाट एकजना घाइते

    प्रकाशित २०८१ माघ २३, बुधबार (१ महिना अघि)


देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नम्बर १ मिलनचोक बस्ने ३३ वर्षीय कुमारी आलेलाई गैंडाले आक्रमणबाट गर्दा घाइते भएकी हुन् । बुधबार दिउँसो घर नजिकै रहेको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेलामा गैँडाले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गैँडाको आक्रमणबाट आलेको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको प्रहरीले बताएको छ। घाइते आलेकाे भरतपुर अस्पतालमा उपचार हुँदैछ।

बुधबार सँगै घाँस काट्न गएकी देवचुली १ मनकामना इटा उद्योग नजिक बस्ने राममाया सोती सम्पर्कविहिन भएकी स्थानीयले बताए । सोतीको बिहीबार बिहानबाट खोजी कार्य जारी रहने बताइएको छ ।

Write your Comment