आज:  २०८२ बैशाख २०, शनिबार | Sat, 03, May, 2025 Search
FLASH NEWS

देवचुली १२ का काफ्ले परिवारद्वारा स्वर्गीय बुवा आमाको स्मृतिमा दिव्यज्योतिमा अक्षयकोष स्थापना

    प्रकाशित २०८१ कार्तिक ९, शुक्रबार (६ महिना अघि)


देवचुली । स्वर्गीय बुवा आमाको स्मृतिमा काफ्ले परिवारद्वारा देवचुली १२ मा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । काफ्ले परिवारद्वारा शुक्रबार ५० हजार ५ सय रुपैयाँ रकमको अक्षयकोष विद्यालयमा स्थापना गरेका हुन् ।

अक्षयकोषको रकम शैक्षिक सत्र २०८१ को दोश्रो त्रैमासिक परिक्षाफल प्रकाशन समारोहको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पौडेल तथा निमित्त प्रधानाध्यापक घनश्याम बराललाई हस्तान्तरण गरिएको थियो। देवचुली-१२ गैंडी निवासी रामप्रसाद काफ्ले, रुमकला काफ्ले, कमल काफ्ले, ईन्दिरा काफ्ले, ऋषिराम काफ्ले, रिता काफ्ले, भुवानी शंकर काफ्ले, हरिमाया काफ्ले, सोमनाथ काफ्ले र नुमकला काफ्लेले आफ्ना स्वर्गीय बुवा/ससुरा शिवलाल काफ्ले तथा आमा/सासु कौशिला काफ्लेको पुण्य स्मृतिमा अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलले बताउनुभयो । विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा उहाँले काफ्ले परिवारलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले परिवारको सल्लाह अनुसार कोषको रकमबाट आउने ब्याजलाई विद्यार्थीको शैक्षिक क्रियाकलापमा प्रयोग गर्ने बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा अक्षयकोषको संरक्षक रुमकला काफ्लेले कोष आवश्यकता अनुसार थप्दै लान सकिने जानकारी दिदैँ अक्षयकोषबाट आर्जित ब्याजले असहाय, विपन्न तथा विविध कारणले अध्ययन गर्न नसक्ने विद्यार्थीहरुको शैक्षिक उन्नयनमा विद्यालयले रकम खर्च गर्न समेत सुझाव दिनुभएको थियो ।

Write your Comment