आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

चितवनमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ भाद्र १४, शुक्रबार (२ हफ्ता अघि)


चितवन । चितवनमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनमा बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । बालकुमारी कन्या माविमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका छात्राहरुलाई लक्षित कार्यक्रम गरिएको हो ।


लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले अध्यक्षता गरेको कार्यक्रममा रोटर्याक्ट क्लव अफ भरतपुरका उपाध्यक्ष प्रवेश मिश्रले सहअध्यक्षता गरेका थिए भने बालकुमारी कन्या मा. वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाल गोपाल चुके प्रमुख अतिथि तथा विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद वाग्ले विशिष्ट अतिथि रहनुभएको थियो।

श्रब्यदृष्य माध्यमबाट महिनावारी स्वच्छताका बारेमा बताउदै रजोवस्था (यौवन अवस्था) देखि रजोनिवृत्तिसम्म; गर्भावस्थाबाहेक, हरेक २८ दिन/१ महिनाको अन्तरालमा गर्भाशयको अस्तरबाट योनीमार्फत् आंशिक रगत आंशिक तन्तु निर्वहन गर्ने महिलाहरूमा हुने प्रक्रिया बुझाई किशोरी वा महिलाले आफ्ना महिनावारीको समयमा गर्भाशयको अस्तरबाट निर्वहन हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री प्रयोग गर्नु, महिनावारीको अवधिभरि आवश्यकता अनुसार गोपनीयतामा सो सामग्री परिवर्तन गर्नुलाई महिनावारी स्वच्छता भनिने जानकारी दिनु हुँदै महिनावारीको समयमा हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री जस्तै: स्यानिटरी प्याड, ट्याम्पन, मेन्स्ट्रुअल कप, आदिको उपलब्धता, सो समयमा हुने स्वास्थ्य समस्या जस्तै : पीडा, ऐंठन, बान्ता तथा अन्य जटिलताका लागि स्वास्थ्य सेवाको उपलब्धता, आवश्यकता अनुसार रगत तथा तन्तु संकलन गर्ने सामग्री गोपनीयताका साथ परिवर्तन गर्न पाउने सफा पानी र स्वच्छ वातावरण सहितको संरचना (शौचालय) को उपलब्धता संकलन गर्न प्रयोग भएका सामग्रीको सुरक्षित व्यवस्थापनको उपलब्धताका बारेमा जानकारी दिनु भएको थियो ।


यस्तै महिनावारी स्वच्छता अपनाउदा हुने फाईदाहरु जस्तै पिसाब मार्ग संक्रमणको जोखिम कम हुने, यौनांगमा खटिरा/ डाबरहरूको विकास नहुने, स्वस्थ प्रजनन् प्रणालीको सुनिश्चितता, पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुने जानकारी सहजकर्ताद्वय आश्ना अवस्थी तथा दीपा मेहेताले बताउनु भएको लायन्स क्लव अफ नारायणगढ बालकुमारीका सदस्य एवम कार्यक्रम संयोजक ओम प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Write your Comment