आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

कावासोती १२ मा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

    प्रकाशित २०८१ भाद्र १४, शुक्रबार (२ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग र शुभ बायोमेडिकल कन्सर्न प्रालिको समन्वयमा भदौ १५ गते बिहान ७ बजेदेखि पिठौली स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

वडाको आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना अन्तरगत वडाबासीको स्वास्थ्य परीक्षण गर्नका लागि शिविरको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । भरतपुर अस्पतालका विशेषज्ञ डाक्टरहरुबाट सुगर, ब्लड प्रेसर, थाईराइड, मुटुरोगको निशुल्क परीक्षण गरिने उहाँले बताउनुभयो । वडाले आगामी दिनमा समेत विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर संचालन गर्ने गरि योजना गराइएको उहाँले बताउनुभयो । ` वडा कार्यालयले वडाबासीहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिरहेका छौं´ वडा अध्यक्ष खनालले भन्नुभयो ।

वडाबासीहरुलाई ठुलो अस्पतालहरु जान दुरीको हिसाबले टाढा र वडामा सीमान्तकृत समुदायको बाहुल्यता रहेकाले सम्भव भएसम्म मासिक रूपमा विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चौकीमा नै शिविर राख्ने योजना रहेको उहाँले बताउनुभयो ।

कावासोती १२ का वडाबासीलाई आयोजना गरिएको शिविरमा निशुल्क ल्याब परीक्षण व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Write your Comment