आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ काठमाडौं कर्पाेरेट नेपालद्वारा अवार्ड वितरण

    प्रकाशित २०८१ श्रावण २२, मंगलबार (१ महिना अघि)


काठमाडौं । सामाजिक सेवाकाे भावना सहित विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेकाे लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले समाजमा रहेर महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

कार्यक्रममा महानायक राजेश हमाललाई सोसियल सेलेब्रेटी अवार्ड, चर्चित कराँते खेलाडी एरिका गुरुङलाई सोसियल प्लेयर अवार्ड , शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका डीएभी स्कुल तथा कलेजका अध्यक्ष अनिल केडियालाई सोसियल एकेडेमिक अवार्ड, सीएसआरमार्फत विभिन्न गतिविधि गर्दै आएको व्यवसायिक समूह रमेश कर्पलाई सोसियल कर्पोरेट हाउस अवार्ड, सीएसआरमार्फत विभिन्न योगदान दिँदै आएको कम्पनी सूर्य नेपाललाई कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटि अवार्ड प्रदान गरेेकाे थियाे ।

त्यसै गरि बौद्ध धर्मगुरु तथा लेखक स्यालपा तेन्जिन रिम्पोचेलाई सोसियल स्पिरिचुअल अवार्ड, व्यवसायी एवं नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई सोसियल कर्पोरेट लिडर अवार्ड, पूर्वसचिव चन्द्र घिमिरेलाई सोसियल व्युरोक्रेटिक अवार्ड, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी एवं कोच विनोद दासलाई स्पोर्टस म्यानेजमेन्ट अवार्ड, कर्पोरेट सेक्टरमा जनशक्ति आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्दै आएका ग्रोथ सेलर नामक एचआर कम्पनीका प्रमुख मोहन ओझालाई सोसियल म्यानेजमेन्ट अवार्ड प्रदान गरेकाे थियाे ।

आगामी दिनमा संस्थाले आफ्ना कार्यहरुलाई थप परिस्कृत र परिमार्जित गर्दै लैजाने जानकारी दिएको छ ।नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य सेवा, विपद् राहतमार्फत समाजको उत्थानमा भूमिका खेल्दै आएका छन् । संकटको समयमा आपतकालिन राहत, ब्लड बैंक स्थापना, लायन्स क्लब इन्टरनेसनल फाउडेसनमार्फत परोपकारी कार्यहरु गर्दै आएको क्लबले नेपालको जीवनको गुणस्तर बढाउन भूमिका खेल्दै आएको छ ।

Write your Comment