आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएको खुसीयालीमा भीमसेनद्वारा र्‍यालीसहित नगर परिक्रमा

    प्रकाशित २०८१ श्रावण २०, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाको भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा सहित सामुदायिक विद्यालयमा जिल्ला प्रथम भएको खुसियालीमा विद्यार्थी, शिक्षक र अभिभावक सहितको र्‍याली निकाल्दै देवचुली नगर परिक्रमा गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी भएका १८६ जना विद्यार्थीमध्ये १३४ जना विद्यार्थीहरुले कक्षा १२ उतीर्ण गरेका हुन् । भीमसेन कक्षा १२ को नतिजामा जिल्ला प्रथम भएको विद्यालयको दाबी रहेको छ ।

भीमसेनबाट परीक्षामा सहभागीमध्ये ५ जनाले ३.६ देखि ४ जिपिए, २४ जनाले ३.२ देखि ३.६ जिपिए, ५९ जनाले २.८ देखि ३.२ जिपिए, ४१ जनाले २.४ देखि २.८ जिपिए र ५ जनाले २ देखि २.४ जिपिए ल्याएर विद्यार्थी उत्तीर्ण भएका हुन् । भीमसेनकै रुष्मा थापा क्षेत्रीले ३.८३ जिपिए ल्याएर जिल्ला प्रथम समेत भएकी छन् । भीमसेनले कक्षा १२ मा आएको उत्कृष्ट नतिजा हासिल भएपछि बाजागाजासहित र्‍याली निकाल्दै खुसियाली उत्सव मनाएको हो। आइतबार विद्यालय परिसरबाट रामबास, सिताबास, कुनाघाट, धारापानी, दलदले, केउरानी, रजहर, फाराम, हुँदै प्रगतिनगरबाट विद्यालयसम्म बाजासहित नाचगान गर्दै खुसियाली मनाएका छन् ।

भीमसेनले विषयगतरुपमा समेत नतिजा राम्रो ल्याएको र कम्प्युटर साइन्समा नवलपुर जिल्लामै ए प्लस ल्याउने दुई जना नै भीमसेनको भएको विद्यालयले जनाएको छ । कम्प्युटर साइन्समा भिषन सारु मगर र रुष्मा थापा क्षेत्रीले ए प्लस ल्याएका छन् ।

भीमसेन आदर्श माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक विद्यालय हो । विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म २ हजार २ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । नवलपुर जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सुरुवात गर्ने भीमसेन जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो ।

Write your Comment