आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आज

    प्रकाशित २०८१ अषाढ १, शुक्रबार (४ महिना अघि)


नवलपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरको २६ औं जिल्ला अधिवेशन आज देवचुली पार्टी प्यालेस दलदलेमा हुँदैछ । अधिवेशनको अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष समिक बडालले उदघाटन गर्नेछन् ।

अधिवेशनमा आयोजक कमिटी, नगरपालिका/ गाउँपालिका कमिटी र स्ववियु निर्वाचन हुने ६ वटा क्याम्पसबाट प्रतिनिधि चयन गरिएको अधिवेशन आयोजक कमिटीका संयोजक विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि १ सय १३ जना प्रतिनिधि चयन गरिएको छ। अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको उनले बताए ।

अनेरास्ववियु नवलपुरको नेतृत्व लागि सर्वसम्मत चयन गरिने र सर्वसम्मत चयन नभएमा निर्वाचन मार्फत टुंगो लगाईने जनाइएको छ । नयाँ नेतृत्वका लागि निर्वतमान जिल्ला कमिटीका उपाध्यक्ष सौगात भुसाल र सचिव प्रशान्त सिग्देल अध्यक्षका मुख्य आंकाक्षी रहेका छन् ।

Write your Comment