आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोतीमा नाला खन्दा पुरिएर तीन जना मजदुरको मृत्यु

    प्रकाशित २०८१ जेष्ठ ३१, बिहिबार (४ महिना अघि)


कावासोती । कावासोती नगरपालिका २ स्थित फलफूल नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ । कावासोती ५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी सेती राना, २६ वर्षकी तानमाया मश्राङ्गी र ३२ वर्षकी चमेली सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

बिहीबार साँझ ७ बजेतिरको समयमा जिल्ला प्रहरी कार्यालयको उत्तरतर्फ पूर्वी भागमा नगरपालिकाले पानी निकासका लागि नाला निर्माण गर्न खनेको खाल्डोमा त्यही काम गर्ने सोती र गाहालाई माटोको ढिस्कोले पुरिएर अचेत अवस्थामा उद्धार गरिएको थियो । मध्यविन्दु जिल्ला अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो । भने ढिस्कोले पुरिएको करिब दुई घण्टापछि दर्लामीको शव घटना स्थलबाट निकालिएको हो ।

Write your Comment