आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

शुभ प्रभात समाजको अध्यक्षमा कृष्ण वाग्ले चयन

    प्रकाशित २०८१ जेष्ठ ३१, बिहिबार (४ महिना अघि)


देवचुली । देवचुली ३ मा रहेको शुभ प्रभात समाजको अध्यक्षमा कृष्ण वाग्ले सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा नवराज तिवारी, सचिवमा प्रमोद पौडेल, कोषाध्यक्षमा डिलमाया सिग्देल ( स्वस्तिका), सह-सचिवमा कृष्ण सिग्देल, सदस्यहरुमा ऐश्वर्या वाग्ले, तारापति लम्साल, सुशील भण्डारी, पवन पौडेल र प्रिया पौडेल सर्वसम्मत चयन भएका हुन् । बाँकी एक सदस्य अध्यक्षले मनोनित गरिने जनाइएको छ ।

शुभ प्रभात समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनमा देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तिलप्रसाद पाठक, सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले, दिव्यपुरी भुतपुर्व सैनिक संघका अध्यक्ष देवेन्द्र शर्मा, बहुउद्देश्यीय योग तथा सामुदायिक भवनका अध्यक्ष कमलकान्त वाग्ले, नारायणी दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सह सचिव ईश्वर रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

२०८० सालमा स्थापना भएको शुभ प्रभात समाजले समुदायमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Write your Comment