आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

सेतीदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा वाग्ले सर्वसम्मत चयन

    प्रकाशित २०८१ जेष्ठ २६, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली ३ मा रहेको सेतीदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा लोकनाथ वाग्ले सर्वसम्मत चयन भएका छन् । समितिको शनिबार भएको ११ औं अधिवेशनबाट वाग्लेको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन गठन गरिएको हो । वाग्ले दोस्रो कार्यकाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्ष कविता भण्डारी, सचिवमा कृष्ण वाग्ले, कोषाध्यक्षमा टंकप्रसाद पौडेल, सह सचिवमा रेशमलाल पोख्रेल, र सदस्यहरूमा हरिबहादुर सुयाल, श्रीराम सिग्देल, बद्री सिग्देल, जीवन भट्टराई, जीवन भट्टराई, सुर्यबहादुर पुन र रुपादेवी पाठक सर्वसम्मत निर्वाचित भएका हुन् ।

सेतीदेवी मन्दिर व्यवस्थापन समितिको ११ औं अधिवेशन तथा साधारणसभाको उदघाटन सत्रमा देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाको कार्यपालिका सदस्य गोमादेवि पौडेल, विश्व हिन्दु महासंघ गण्डकी प्रदेशका सह सचिव देवेन्द्रप्रसाद शर्मा, समाजसेवी कमलकान्त वाग्ले, दिव्य धाम मन्दिर व्यवस्थापन समितिका सह सचिव इश्वर रेग्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

निर्वाचित समितिको ३ वर्षको कार्यकाल रहनेछ । सर्वसम्मत चयन भएपछि अध्यक्ष वाग्लेले आफ्नो कार्यकालमा मन्दिरलाई अझ व्यवस्थित रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Write your Comment