आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आफैं प्याड बनाउन सिक्दै सकलादेवी माविका विद्यार्थीहरु

    प्रकाशित २०८१ जेष्ठ २६, शनिबार (१ महिना अघि)


देवचुली। देवचुली ५ मा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ ।वास नमूना गाउँ परियोजना (नापा वास) को आयोजनामा सकलादेवी माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि तालिमको आयोजना गरिएको हो ।

किशोरीहरुलाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू तथा बजारिया प्याडको सट्टामा घरमै प्याड बनाई प्रयोग गर्न उत्प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो ।किशोरीहरूलाई बजारिया प्याडहरु प्रयोग गर्दा विभिन्न रोगहरुको संक्रमित हुन सक्ने भएकाले घरमै प्याड निर्माण गरी प्रयोग गर्नका लागि सबैलाई आग्रह गरिएको उहाँले आग्रह गर्नुभयो ।

तालिममा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण सम्बन्धि यानमाया गुरुङ सहजीकरण गर्नुभएको थियो । देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको तालिममा वडा सदस्य राधिका तिवारी, विद्यालयका शिक्षकहरु, नापा वासका प्रतिनिधि लगायत महिलाहरुको उपस्थिति रहेको थियो।

नापा वासले देवचुली नगरपालिका वडा नम्बर ५ र ६ मा खानेपानी तथा सरसफाइ सम्बन्धि परियोजना संचालन गरिरहेको छ। सो परियोजना अन्तर्गत नापा वासले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Write your Comment