आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीको युनिक अटो प्वाइन्टमा `मनसुन एक्सचेन्ज अफर´ सुरु

    प्रकाशित २०८१ जेष्ठ २५, शुक्रबार (१ महिना अघि)


कावासोती । कावासोतीमा रहेको युनिक अटो पोइन्ट टिभिएस शोरुममा “मनसुन एक्सचेन्ज अफर” सुरु भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘मनसुन एक्स्चेन्ज अफर’ ल्याएको हो । जेठ २३ गतेदेखि प्रारम्भ भएको सो अफर आगामी जेठ २८ गते सोमबारसम्म चल्ने छ ।

सो अफर अन्तर्गत ग्राहकले आफुसँग भएको जुनसुकै पुराना मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यससँगै ग्राहकले अनम्याचेवल निस्चित मूल्य बराबरको नगद रुपैयाँ छुट र एक्सचेन्जमा आफ्नो पुरानो साधनमा ‘अनम्याचेवल’ थप मूल्यांकन समेत पाउने युनिक अटो पोइन्ट कावासोतीका सञ्चालक डोलराज थापाले जानकारी दिए ।

कम्पनीले एक्सचेन्जमा मोटरसाइकल र स्कुटर खरिद गर्न आएका ग्राहकहरुलाई हेल्मेट, मोटरसाइकल कभर र ब्याग जस्ता एसेसरिज समेत निःशुल्क उपलब्ध गराउने छ । टीभीएसको जुनसुकै मोटरसाइकल र स्कुटरको एक्सचेन्ज वा खरिदमा ३ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्यदेखि ईएमआई तिरेर मोटरसाइकल र स्कुटर किन्न सकिने छ ।

Write your Comment