आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली जेसिजद्वारा दिव्यधाम परिसरमा वृक्षारोपण

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


देवचुली । विश्व वातावरण दिवसको अवसरमा देवचुली जेसिजले देवचुली १ मा रहेको दिव्यधाम परिसरभित्र वृक्षारोपण गरेको छ । धाम परिसरभित्र विभिन्न फलफुलका बिरुवाहरु रोपण गरिएको देवचुली जेसिज वर्ष २०२४ का अध्यक्ष ई. सन्तोष काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा आँप, लिची, कागती, मेवा, निम, लगायतका विरुवाहरु लगाईएको हो ।


देवचुली जेसिज वर्ष २०२४ का अध्यक्ष ई . सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सुरज भुसालको संयोजकत्वमा सम्पन्न गरिएको हो । देवचुली जेसिजका पदाधिकारी तथा सदस्यहरु द्धारा आयोजना गरिएको कार्यक्रममा देवचुली जेसिजका पूर्व अध्यक्षहरु, दिव्यधामका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज भण्डारी सहित उपस्थिति रहेको थियो ।

Write your Comment