आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्राकृतिक स्रोतको संरक्षण : देवचुली डाँडाको पर्यटन विकासको आधार

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


देवचुली । नवलपुरको सबै भन्दा अग्लो डाँडा देवचुलीको पर्यटन विकासका लागि यस क्षेत्र वरपरका प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसका दिन बुधबार चुलीबोझामा आयोजित देवचुली डाँडाको पर्यटन विकासमा सरोकारवालाहरुको भूमिका बिषय अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।


देवचुली डाँडा पर्यटन विकास समितिका अध्यक्ष विद्रोही गिरीले प्राकृतिक , धार्मिक, ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र देवचुली डाँडा नवलपुरको पर्यटन विकासको आधार स्तब्भ भएको बताउनुभयो । यहाँको वातावरण, संस्कृति , भाषा तथा स्थानीय रीतिरिवाजको संरक्षणबाट पर्यटकलाई आकर्षण गर्ने सकिन्छ त्यसका लागि यहाँको जैविक विविधताको संरक्षण हुन आवश्यक छ, अध्यक्ष गिरीले भन्नुभयो- ‘ देवचुलीको कोख भएर उत्तर र दक्षिण बग्ने खोलाहरु, यहाँ पाइने वनस्पतिहरुले मानव जीवनलाई सहज बनाएको छ’ । दीगो विकासको लागि प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग सही तरिकाले गरिनु पर्नेमा उहाँको जोड रहेको छ ।

बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले स्थानीय जागरुक हुदा पर्यटन विकासले गति लिने धारणा राख्नुभयो । स्थानीय तहले स्थानीय उत्पादन, संरक्षण र सदुपयोगमा जोड दिने भएकाले समुदाय स्तरमा पनि यस खालको गतिबिधि हुनुपर्नेमा उहाँको जोड रहेको छ । देवचुली डाँडा दृश्यालोकनको हिसाबले मात्रै नभएर जैविक विविधताको धनी क्षेत्र भएकाले यसको विकासमा लाग्न जरुरी भएको बुलिङटार गाउँपालिकाका लेखा अधिकृत बाबुराम तिवारीले बताउनुभयो ।


देवचुलीसम्म पुग्ने बाटोको अवस्था राम्रो बनाउन सक्दा पर्यटकलाई थप सेवा मिल्ने बुलिङटार-४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । कार्यक्रममा देवचुली डाँडा पर्यटन विकास समितिका कोषाध्यक्ष हेमलाल बरालले इको क्लबहरु निर्माण गरी विद्यालय स्तरबाट देवचुलीको महत्व बारे जानकारी दिनु पर्ने धारणा राख्नुभयो । समितिका सचिव मनवीर पुलामीले देवचुलीको पर्यटन विकासमा सबै पक्षको हातमालो जरुरी भएको धारणा राख्नुभयो ।

कार्यक्रमममा अर्खला, देउराली, चुलीबोझा, बोझापोखरी, किर्तिपुर, लगाएतका ठाउँका मानिसहरुको सहभागिता रहेको थियो ।

Write your Comment