आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु

    प्रकाशित २०८१ जेष्ठ २२, मंगलबार (१ महिना अघि)


नवलपुर । नवलपुरको मध्यविन्दुमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका –१२ ज्वाईथरका ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन् ।

ठुलोपोखरा सामुदायिक वनमा बिहान ८:३० बजेको समयमा चलेको हावाहुरीले बाख्रा चराउन गएका थापालाई रुख ढलेर च्यापिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

रुखले च्याप्दा थापाको घटनास्थलमै मृत्यु भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

Write your Comment