आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

शिवमन्दिर खानेपानीको अध्यक्षमा घिमिरे निर्वाचित

    प्रकाशित २०८१ जेष्ठ २०, आईतबार (१ महिना अघि)


देवचुली। कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ६ सय ९२ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नारायणप्रसाद पन्तले ३ सय ४८ मत प्राप्त गरेका छन् ।

१ हजार २ सय ८३ मतदाता रहेकामा मतदानमा १ हजार ७६ मत खसेको निर्वाचन संयोजक कविराम भण्डारीले जानकारी दिए। अधिवेशनबाट उपाध्यक्षमा बलबहादुर गाहा निर्वाचित भएका छन् । उनले ६ सय ५६ मत ल्याउँदा प्रतिष्पर्धी यमबहादुर बिकले ३ सय ७४ मत प्राप्त गरेका हुन् । त्यसै गरि सचिवमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय १९ मत प्राप्त गर्दा प्रतिष्पर्धी दिनेश ठाडाले ४ सय १३ मत ल्याएका हुन् ।

अधिवेशनबाट कोषाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय ६९ मत प्राप्त गरेका छन् भने भिमबहादुर रानाले ३ सय ६५ मत प्राप्त गरेका छन् ।

अधिवेशनबाट सदस्यहरुमा राजकुमार घिमिरे कै प्यानलले जित निकालेका छन् । खुल्ला सदस्यमा तुलबहादुर सिंजाली, दुर्गाबहादुर राना मगर, श्यामबहादुर कुमाल, महिला सदस्यमा केशमाया मगर, देवीमाया चितौरे, दलित सदस्यमा चुडामणी सुनार, भिमबहादुर दर्जी निर्वाचित भएका हुन। लेखा संयोजकमा तिलाराम भुसाल र सदस्यहरुमा आनन्द भुसाल, पर्माजित सारु विजयी भएका छन् ।

अधिवेशनबाट राजकुमार घिमिरेको प्यानलले नै जित दर्ता गरेका छन् । संस्थाको छैठौं अधिवेशनबाट नेतृत्व चयनका लागि १४ पदका लागि २८ जना चुनावी मैदानमा थिए । अध्यक्षका उम्मेदवार घिमिरेले ३ सय ४४ मतान्तरले विजय भएका हुन् ।

Write your Comment