आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

नाइन ‘ए’ साइड भेट्रान्स फुटबल : शनिबार देवचुली १४ विजयी

    प्रकाशित २०८१ बैशाख २३, आईतबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार देवचुली १४ विजयी भएको छ । बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ११ को आयोजना तथा पृथ्वी समाज सेवा क्लबको सह-आयोजनामा सुर्य किरण आधारभूत विद्यालयको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली १४ ले देवचुली १७ लाई हराएको हो ।

खेलमा देवचुली १४ ले देवचुली १७ लाई ट्राइबेकरमा ५-३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै गोल गर्न नसकेपछि ट्राइबेकरबाट देवचुली १४ ले जित निकालेको थियो । खेलमा देवचुली १४ का राकेश बिक म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिकाका ३५ वर्ष उमेर पूरा भएका खेलाडीहरु सहभागी हुन पाउने प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार १ सय ४१ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार देवचुली ११ का विरुद्ध देवचुली १६ बिच पहिलो सेमिफाइनल खेल हुने खेल संयोजक कृष्ण ठाडाले जानकारी दिए ।

Write your Comment