आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १७ मा वडास्तरीय खेलकुद महोत्सव हुने

    प्रकाशित २०८१ बैशाख २०, बिहिबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा वडास्तरीय खेलकुद महोत्सव हुने भएको छ । वडा बाल सन्जाल देवचुली १७ को आयोजनामा बैशाख २२ र २३ गते दोश्रो वडा स्तरीय खेलकुद महोत्सव आयोजना गरिएको हो ।

खेलका माध्यमबाट बालबालिकाहरुका लागि शारिरीक तथा मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यमा साथै देशको खेलकुद विकासमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो संस्करणको खेलकुद महोत्सव आयोजना गरिएको वडा बाल सन्जाल देवचुली १७ का अध्यक्ष निर्मल गौतमले जानकारी दिए । गौतमका अनुसार खेलका लागि नगर भरिका बालबालिका सहभागी हुन पाउने छन् ।


खेलकुद महोत्सवको पहिलो दिन बालबालिकाहरुका लागि १०० मिटर / २०० मिटर दौड, रिले दौड, गणित दौड लगायतका खेल हुनेछन् भने दोस्रो दिन म्युजिकल चियर, पेनाल्टी शुटआउट, डण्डिबियो, चम्चा गुच्चा दौड लगायतका खेलहरु हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई मेडल, ट्रफी प्रदान गरिने साथै वडा अफ दि इयरबाट धेरै खेल जित्ने एक वटा वडालाई अवार्ड प्रदान गरिनेछ ।

Write your Comment