आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल नमुना माध्यमिक विद्यालयमा दुना टपरी प्रतियोगिता

    प्रकाशित २०८१ जेष्ठ १८, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल नमुना माध्यमिक विद्यालयमा दुना टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ । नियमित शुक्रबारीय कार्यक्रम अन्तरगत विद्यालयमा रहेको सक्रिय समावेशी बाल क्लबको आयोजना तथा कारितास नेपालको सहयोगमा कक्षागतरुपमा विद्यार्थीहरु बिच प्रतियोगिता भएको हो ।

प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका १६ समुहमा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा युग्लिना राना, दिप्सिना रायमाझि, एन्जु राना,करुणा चौधरी, आरजु गुरौको समुह प्रथम, सुजन सोति मगर, गौरव न्यौपाने, अमृत न्यौपाने, अभिषेक राना भाट, दिव्यान तिवारीको समुह द्वितीय र विनिमाया लुङगेली, दिक्षा मल्ल, दिपिका क्षेत्री, कर्ण थापा, सिद्वि गुरुङको समुह तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका शिक्षक जनार्दन पौडेलले जानकारी दिनुभयो ।

Write your Comment