आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नागरिकताको व्यक्तिगत विषयलाई सिरोहियाले जोडे मिडियासँग, नागरिकताको कैफियतबारे बोलेनन्

    प्रकाशित २०८१ जेष्ठ ९, बुधबार (२ महिना अघि)


काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन्।

उनको नागरिकताबारे सरकारी निकायमा रहेको शङ्कास्पद विवरणका आधारमा प्रहरीमा परेको जाहेरीका आधारमा अदालतले मङ्गलवार पक्राउ पुर्जीको अनुमति दिएको देखिन्छ। उनी संलग्न मिडियासँग नजोडिएको विषय भए पनि उनले विज्ञप्ति जारी गर्दै राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने’ उल्लेख गरेका छन्।

उनको नागरिकताको मुद्दा संस्थागत नभई व्यक्तिगत हो। देवचुली खबरले प्राप्त गरेको प्रमाणमा समेत उनको नागरिकताबारे धेरै शङ्कास्पद विवरण देखाउँछ। तर उनले व्यक्तिगत विषयलाई संस्थासँग जोडेका छन्।

मंगलबार नै जिल्ला अदालत धनुषाले उनी बिरुद्द पक्राउ आदेश जारी गरेको थियो। उनको बाबू घासीराम माडवारी अंगिकृत नागरिकता भए पनि नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको र नागरिकता लिँदाको कागजपत्र नखुलेपछि उनी बिरुद्ध अनुसन्धान गरेको थियो।

उनले व्यक्तिगत विषय संस्थासँग जोड्दै ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हूँ। निरङ्कुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ’ लेखेका छन्।

सिरोहियाले आफ्नो नागरिकताको विषय संस्थासँग जोड्दै सहकारीको विषयमा लेखेकै आधारमा प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरेको दाबी गरेका छन्।

Write your Comment