आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०८१ जेष्ठ ८, मंगलबार (२ महिना अघि)


नवलपुर । कावासोतीमा नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कावासोती–१२ राजमन्दिर स्थित डाइमण्ड युथ सोसाइटीको खेल मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले उद्घाटन गर्नुभयो । सेन्ट्रल कलेज भोकेशनल ट्रेनिङ्ग सेन्टर मुख्य प्रायोजक रहेको प्रतियोगिता जेठ ७ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ।

एन्फाको कार्यक्रम अर्न्तगत जिल्लामा रहेका खेलाडीहरुको स्तरवृद्धि र गाउँघरमा रहेका प्रतिभावान खेलाडीको पहिचान र छनोट गर्न प्रतियोगिता आयोजना गरीएको जिल्ला फुटबल संघ नवलपुरका अध्यक्ष सेतमान पुनले बताउनुभयो । प्रतियोगितामा केन्द्रको ए, बी, सी कुनै पनि लिग खेलाडी सहभागी हुन नपाउने पुनले बताउनुभयो ।प्रतियोगिताको नवज्योती र हरियाली क्लब बीच भएको उद्घाटन खेलमा नवज्योति युवा क्लब विजयी भएको छ।

प्रतियोगितामा प्रथम हुने क्लबले ८० हजार नगदसहित मेडम, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने क्लबले ५० हजार हजार नगदसहित मेडम, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने क्लबले नगद २०/२० हजार सहित टफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट क्लबले प्रदेशस्तरीय लिग फुटबलमा सहभागी हुने पुनले बताउनुभयो ।
प्रतियोगिता फिफाको नियम अनुसार खेलाइएको छ । खेलाडी छनोट गर्दा एक समुहमा कम्तिमा पनि ५ जना खेलाडी १९ वर्ष उमेर समुहको राख्नुपर्ने प्रावधान राखिएको छ ।

Write your Comment