आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल मगर संघ देवचुली ९ को अध्यक्षमा रनबहादुर राना मगर चयन

    प्रकाशित २०८१ जेष्ठ ७, सोमबार (२ महिना अघि)


देवचुली । नेपाल मगर संघ देवचुली ९ को अध्यक्षमा रनबहादुर राना मगर सर्वसम्मत चयन भएका छन् । शनिबार भएको कार्य समिति गठनका लागि भएको भेलाबाट राना मगरको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

 

जसको उपाध्यक्षमा रुमबहादुर पुलामी मगर, सचिवमा सिम्पी माकिम मगर, कोषाध्यक्षमा रुमा गोदामी मगर, सह सचिवमा सीताराम राना मगर , सदस्यहरुमा सपना सारु मगर, विनिसरा पुलामी मगर, टोलबहादुर सारु मगर, धनबहादुर राना मगर, आरती पुलामी मगर, दिलबहादुर सिंजाली मगर, चनमति पुलामी मगर र धनबहादुर पुलामी मगर निर्विरोध चयन भएका हुन् ।

नेपाल मगर संघ देवचुली नगर कमिटीका अध्यक्ष अमरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको भेलामा नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष भुमबहादुर राई मगरको प्रमुख आतिथ्यता रहेको थियो । सो भेलाले कृष्णबहादुर आलेको संयोजकत्वमा खेम बहादुर सारु मगर र उमा वाण्टकी मगर सदस्य रहने गरि निर्वाचन मण्डल गठन गरेको थियो ।

Write your Comment