आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

युवा संघ मध्यबिन्दुद्वारा ज्ञानोदय माध्यमिक विद्यालयको पर्खालमा रंगरोगन

    प्रकाशित २०८१ जेष्ठ २, बुधबार (२ महिना अघि)


नवलपुर । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ मध्यबिन्दुद्वारा ज्ञानोदय माध्यमिक विद्यालयको पर्खालमा रंगरोगन लगाएको छ । राष्ट्रिय युवा संघ मध्यबिन्दुको आयोजनामा मंगलबार ३५ औं स्थापना दिवसको शुभकामना आदानप्रदान तथा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको पर्खालमा रंगरोगन गरिएको हो ।


राष्ट्रिय युवा संघ मध्यबिन्दु नगर कमिटीका संयोजक सागर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य एवं पुर्व प्रतिनिधि सभा सदस्य चन्द्रमणी खरालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि पुर्व गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठ, नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवं मध्यबिन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारी, नेकपा एमालेका पुर्व प्रदेश कमिटी सदस्य मेघलाल पाण्डे, नेकपा एमालेका नेता बाबुराम पाण्डे, मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसी, समाजसेवी गणेश थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य एवं पुर्व प्रतिनिधि सभा सदस्य चन्द्रमणी खरालले युवा संघको स्थापना दिवसको अवसरमा विद्यालयको पर्खालमा रंगरोगन गरेर युवाहरुले उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको शुभकामना दिदैँ युवा संघमा आबद्ध युवाहरु सामाजिक रुपान्तरणमा जोडिनका लागि आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी, नेकपा एमालेका नेता बाबुराम पाण्डे, समाजसेवी गणेश थापा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक शर्मा, एमालेका नेता टिकाराम पाण्डे लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ मध्यबिन्दुका इन्चार्ज नारायण लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा संघ मध्यबिन्दुका सह संयोजक अमृत सुबेदीले गर्नुभएको थियो ।

Write your Comment