आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दाङमा पौडी खेल्न गएका दाजुभाइको डुबेर मृत्यु

    प्रकाशित २०८१ जेष्ठ २, बुधबार (२ महिना अघि)


दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मंगलबार साँझ बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ स्थित ओदाले घाटमा पदमपुरका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेशको मृत्यु भएको हो ।

भारभा बसेर पढ्दै आएका उनीहरू केही समयअघि घर आएपछि फूपूको घर गएका थिए । बबई ५ का वडाध्यक्ष पदम श्रीसका अनुसार पौडने क्रममा पहिले भाइ डुबेपछि दाइ उद्धार गर्न गएका थिए ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको बताए । उनीहरूका परिवार कामको सिलसिलामा भारतमा थिए ।

Write your Comment