आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १७ मा संचालित वडास्तरीय खेलकुद महोत्सव सम्पन्न

    प्रकाशित २०८१ बैशाख ३०, आईतबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालन भएको वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा बाल सन्जाल देवचुली १७ को आयोजनामा बैशाख २२ र २३ गते गरिएको दोश्रो वडा स्तरीय खेलकुद महोत्सवको समापन शनिबार गरिएको हो ।

खेलका माध्यमबाट बालबालिकाहरुका लागि शारिरीक तथा मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यमा साथै देशको खेलकुद विकासमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो संस्करणको खेलकुद महोत्सव आयोजना गरिएको वडा बाल सन्जाल देवचुली १७ का अध्यक्ष निर्मल गौतमले जानकारी दिए । गौतमका अनुसार खेलका लागि देवचुली नगरपालिकाका ९ वटा वडाबाट बालबालिकाहरुको सहभागिता रहेको थियो ।

खेलकुद महोत्सवमा बालबालिकाहरुका लागि १०० मिटर / २०० मिटर दौड, रिले दौड, म्युजिकल चियर, पेनाल्टी शुटआउट, डण्डिबियो, चम्चा गुच्चा दौड लगायतका खेलहरु खेलाइएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय खेलाडीहरुलाई शनिबार मेडल, ट्रफी प्रदान गरिएको हो ।

वडा बाल सन्जाल देवचुली १७ का अध्यक्ष निर्मल गौतमको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि समापन कार्यक्रममा देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, वरचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारी, देवचुली ११ का वडा सदस्य डम्बर सिंजाली, नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्ले लगायत विभिन्न वडाका बाल संजालका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा देवचुली १७ वडा अफ दि इयर भएको छ भने देवचुली ३ दोस्रो र देवचुली १५ तेस्रो भएका थिए। बैशाख २३ गते नै समापन गर्ने तयारी गरिएको खेल महोत्सवलाई मौसम प्रभावित गराएपछि शनिबार समापन गरिएको हो ।

 

Write your Comment