आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024 Search
FLASH NEWS

कावासोती १२ द्वारा नारायणी नदीमा सरसफाई सम्पन्न

    प्रकाशित २०८१ बैशाख १८, मंगलबार (२ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ द्वारा नारायणी नदीमा नयाँ बर्षको पुर्व सन्ध्यामा सरसफाई सम्पन्न गरिएको छ ।कावासोती १२ को आयोजनामा एवम् कावासोती १२ र १३ का विभिन्न टोलहरु, पिठौली चौर युवा समिती र प्रगतिशील युवा क्लबको सह आयोजनामा एकादशी मेला लाग्ने स्थान, स्नानघाट र देविथान मन्दिर अगाडीका ३ स्थानमा सरसफाई गरिएको हो ।

वडाले सरसफाइ कार्यक्रम सँगै जथाभाबी फोहोरहरु नफाली तोकिएको स्थानमा फोहर फाल्नको लागि वार्ड भित्रका धार्मिक स्थलहरुमा डस्टबिन समेत वितरण गरिएको कावासोती नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।

वडाभित्र सरसफाइका अभियान नै संचालन गरेको कावासोती १२ ले विभिन्न अवसर पारी नारायणी नदी किनारमा सरसफाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नदीमा स्नान गर्न आउने तिर्थालुहरुलाई सहयोग पुग्ने गरि र नारायणी नदिलाई स्वच्छ र सुन्दर राख्नको लागि नियमित सरसफाई गरिएको हो ।

नारायणी नदी स्नान गर्न र पुजा अर्चना गर्न आउनुहुने तिर्थालुहरुलाई सुरक्षित र व्यवस्थित राख्नका लागि पिठौली चौर युवा समिति र प्रगतिशील युवा क्लबका युवाहरुले स्वयंसेवकीय भुमिका निर्वाह गर्ने गरि तयारी गरिएको छ।

Write your Comment