आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

जन्मदिनको अवसरमा विद्यार्थीको अभिभावकत्व ग्रहण

    प्रकाशित २०८१ बैशाख १३, बिहिबार (१ हफ्ता अघि)


देवचुली। आफ्नो जन्मदिनको अवसर पारेर भट्टराई भेटेरीनरी सेन्टर देवचुली ११ धारापानीका संचालक तुल्सी भट्टराईद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । बिहीबार परेको जन्मदिनका अवसरमा देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालय पुगी कक्षा ६ मा पढ्ने रन्जना बाचे मगरको अभिभावकत्व ग्रहण गरेका हुन् ।

भट्टराईले उक्त बालिकाको लागि कक्षा ६ पढ्न लाग्ने सम्पूर्ण रकम प्रदान गरेका हुन् । जन्मदिन जस्तो आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनलाइ सामाजिक र मानवीय कार्यमा लगाउने सोच बनाएका भट्टराईले घरको आर्थिक अवस्था कमजोर रहेको र पढाईमा लगनशील विद्यार्थीलाई विद्यालयको सिफारिसमा सहयोग गरेको बताए ।

बिहीबार विद्यालय पुगेका भट्टराईले उक्त बालिकाको कक्षा ६ मा लाग्ने सम्पुर्ण रकम विद्यालयका शिक्षकहरुको रोहबरमा विद्यालयमा प्रदान गरेका थिए । विद्यालय परिवारले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीको अभिभावकत्व ग्रहण गरेकोमा भट्टराईलाई धन्यवाद व्यक्त गरेको थियो । भट्टराईले आज नै देवचुली ९ का दुई जना विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको जानकारी दिए।

Write your Comment