आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

एसीसी प्रिमियर कप सेमिफाइनल : आज नेपाल र यूएई भिड्दै

    प्रकाशित २०८१ बैशाख ७, शुक्रबार (१ हफ्ता अघि)


काठमाडौं । एसीसी प्रिमियर कपकाे फाइनल प्रवेशका लागि आज नेपाल र यूएई भिड्दै छन् । ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज नेपाल र यूएई भिड्न लागेका हुन् । ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

प्रिमियर कपको समुह ए मा रहेको नेपाल अपराजित रहेर सेमिफाइनल खेल्न लागेको हो । युएई भने समुह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपालले समूह चरणका चार खेलमा चार जित निकालेको हो । युएईले भने समूह चरणमा ओमानसँग मात्र हार व्यहोरेको थियो ।

आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमानले समूह ए को उपविजेता हङकङसँग खेल्नेछ । सो खेल सवा ४ बजे सुरु हुनेछ । प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछन् । एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।

Write your Comment