आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

सहकारीको वित्तीय जोखिम मापन र व्यवस्थापन सम्बन्धि तालिम सुरु

    प्रकाशित २०८१ बैशाख ५, बुधबार (१ हफ्ता अघि)


नवलपुर । जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको आयोजनामा सहकारीको वित्तीय जोखिम मापन र व्यवस्थापन रणनीति सम्बन्धि तीन दिनको तालिम सुरु भएको छ । तालिमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य पदमा जिसीले गरेकी हुन् । तालिमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य जिसीले सहकारी निती, विधि र प्रविधिबाट चल्नु पर्नेमा जोड दिइन् । उनले तालिमबाट सिकेका कुराहरू व्यवहारमा प्रयोग गर्नुपर्ने उल्लेख गरिन । जिसीले जिल्ला संघलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहकारी राष्ट्रिय महासंघका संचालक होमनाथ जैसीको विशिष्ट आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा जिल्ला बचत तथा ॠण सहकारी संघका कार्यवाहक अध्यक्ष बद्री नाथ नेपाल, संघका लेखा सुपरिवेक्षण समिति संयोजक छविलाल अर्याल, सहकारी कर्मचारी समाज नवलपुरका अध्यक्ष नरभूपाल भुसाल, कावासोती सहकारी समवन्य मंचका अध्यक्ष कृष्ण राज सिग्देल, प्रेस चौतारी नवलपुर अध्यक्ष शालिकराम कोईरालाको आतिथ्यता रहेको थियो । त्रिदिवसीय तालिममा सहकारी विज्ञ केशव प्रसाद पोख्रेल सहजीकरण गर्नेछन ।

जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष खिना कुमारी भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्याम सुन्दर लामिछानेले गरेका थिए ।

Write your Comment