आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ `ए´ लाई

    प्रकाशित २०८१ बैशाख ३, सोमबार (२ हफ्ता अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ `ए´ जितेको छ । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको फाइनल खेलमा देवचुली १६ `ए´ ले देवचुली १७ `ए´ लाई पराजित गरेको हो ।

फाइनल खेलमा देवचुली १६ `ए´ ले देवचुली १७ `ए´ लाई १-० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । खेलमा देवचुली १६ `ए´ का राजिन अधिकारीले गोल गर्दै उपाधि देवचुली १६ `ए´ ले जितेको हो । फाइनल खेलमा देवचुली १६ `ए´ का कैलाश परियार म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने देवचुली १६ `ए´ ले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता हुने देवचुली १७`ए´ ले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने देवचुली ३ र देवचुली १६ `बी´ ले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा देवचुली १७ `ए´ का निगम परियार उत्कृष्ट गोलरक्षक, देवचुली १७ `ए´ का सन्दिप तामाङ सर्वाधिक गोलकर्ता र देवचुली १६ `ए´ का सविन प्रजापति सर्वोकृष्ट खेलाडी घोषणा हुँदै पुरस्कार प्राप्त गरेका थिए।

युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा नगरका १६ वटा टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सहजीकरण नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले गरेका थिए ।

Write your Comment