आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता : देवचुली १२ र देवचुली १६ फाइनलमा

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा बिहीबार देवचुली १२ र देवचुली १६ विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म प्रतियोगिता संचालन गरिएको हो ।

बिहिबार भएको पहिलो खेलमा देवचुली १२ ले देवचुली १ लाई ८ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको देवचुली १ ले अजय थनेतको ३७ रन र राजकुमार खत्रीको २१ रनको मद्दतले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो । बलिङतर्फ देवचुली १२ का विलोम थापाले ३ विकेट र प्रशान्त भुसालले २ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली १२ ले ८.५ ओभरमा २ विकेटको क्षतिमा १३१ रन बनाई ८ विकेटको जित दर्ता गरेको हो । देवचुली १२ का विलोम थापाले ६० रन र गौरव बिकले ३२ रन बनाएका थिए । बलिङतर्फ देवचुली १ का अजय थनेत र किशन बस्नेतले १-१ विकेट लिएका थिए। खेलमा देवचुली १२ का विलोम थापा प्लेयर अफ दि म्याच भएका थिए ।

बिहीबारको दोस्रो खेलका लागि देवचुली १६ ले देवचुली १४ लाई डि एल मेथड अनुसार ५५ रनले हराएको छ । पहिले ब्याटिङ गरेको देवचुली १६ ले १७.४ ओभरमा १० विकेटको क्षतिमा २५३ रन बनाएको थियो। त्यसै गरि जवाफी ब्याटिङ गरेको देवचुली १४ ले १३.१ ओभरमा ५ विकेटको क्षतिमा ६६ रन बनाउँदा हावाहुरी र वर्षाका कारण खेल एल मेथड अनुसार देवचुली १६ विजयी भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। खेलमा प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार देवचुली १२ विरुद्ध देवचुली १६ बीच फाइनल खेल हुने तालिका रहेको छ ।

Write your Comment