आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता : बुधबार देवचुली १२ र देवचुली १६ विजयी

    प्रकाशित २०८० चैत्र २९, बिहिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा बुधबार देवचुली १२ र देवचुली १६ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म प्रतियोगिता संचालन गरिएको हो ।

बुधबार भएको पहिलो खेलमा देवचुली १६ ले देवचुली १३ लाई ६८ रनले हराएको हो । पहिले ब्याटिङ गरेको देवचुली १६ ले विजय सिग्देलको ६७ रन र रित कुमार लुइँटेलको ५५ रनको मद्दतले २० ओभरमा ६ विकेटको क्षतिमा २७१ रन बनाएको थियो । बलिङतर्फ देवचुली १३ का ओम चन्द्र महतोले २ विकेट र प्रमोद काफ्लेले २ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली १३ ले २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन मात्र बनाएको थियो। देवचुली १३ का अंकित अधिकारीले ९७ रन र आयुष सुबेदीले २७ रन बनाएका थिए । बलिङतर्फ देवचुली १६ का विजय सिग्देल र सुदिप अर्यालले २-२ विकेट लिएका थिए। खेलमा देवचुली १६ का विजय सिग्देल प्लेयर अफ दि म्याच भएका थिए ।

बुधबारको दोस्रो खेलका लागि देवचुली १२ देवचुली १५ लाई ७ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको देवचुली १५ ले आदर्श भट्टराईको ४९ रन र सागर जिसीको २१ रनको मदतले १७.५ ओभरमा १० विकेटको क्षतिमा १२८ रन बनाएको थियो। बलिङतर्फ देवचुली १२ का राहुल तिवारीले ४ विकेट र प्रशान्त भुसालले ३ विकेट लिएका थिए ।

त्यसै गरि जवाफी ब्याटिङ गरेको देवचुली १२ ले १०.१ ओभरमा ३ विकेटको क्षतिमा १३९ रन बनाउँदै खेलमा जित हासिल गरेको हो ।देवचुली १२ का गौरव बिकले ५७ रन र विशाल पौडेलले नटआउट ३८ रन बनाएका थिए । बलिङतर्फ देवचुली १५ का सागर जिसी र रितेश श्रेष्ठले १-१ विकेट लिएका थिए । सो खेलमा देवचुली १२ का राहुल तिवारी प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। खेलमा प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो सेमिफाइनल खेल देवचुली १ का विरुद्ध देवचुली १२ बिच र दोस्रो सेमिफाइनल खेल देवचुली १४ का विरुद्ध देवचुली १६ बीच हुने खेल तालिका रहेको छ ।

Write your Comment