आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

नेकपा एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित

    प्रकाशित २०८० चैत्र २८, बुधबार (२ हफ्ता अघि)


नवलपुर । नेकपा एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ। एमाले नवलपुरकाे नवाैँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हाे । यसै गरि उपाध्यक्षमा यमुनाथ आचार्य , सचिवमा भिम कँडेल , उप सचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हाे । अध्यक्ष मण्डलले सर्वसम्मत भएका पदाधिकारी नाम घाेषणाकाे तयारी गरेको छ।

नवाैँ अधिवेशनले १ सय ३ सदस्यीय कमिटी चयन गर्ने छ। दुई संघिय निर्वाचन भएको यहाँ १ सय ५ सदस्यीय कमिटी चयन गर्ने विधानतह रहेपनि दुई सदस्य पछि मनाेनित गर्ने गरि राखिएको छ । सदस्यतर्फ पालिका भुगाेल मध्य प्रत्येक नगरपालिकाबाट खुला ४, महिला २, युवा १ गरि कुल २८ जना ,गाउँपालिकाबाट खुला २, महिला २ र युवा १ गरि २० जना सदस्य चयन हुनेछन् । सिङ्गो जिल्लालाई भुगाेलमानी खुला १४, महिला ९ र युवा ४ गरि २७ जना चयन हुनेछन् ।

समावेशी तर्फबाट आदिवासी जनजातिबाट खुला ३, महिला ३, युवा पुरुष १ ,युवा महिला १, दलिततर्फ खुला ४, महिला २ र युवा १ , थारु खुला ३ र महिला १, अल्पसंख्यक १ , मुस्लिम १ अपांग १ गरि २२ र मजदुरबाट १ जना जिल्ला कमिटी सदस्य चयन हुनेछन् ।

Write your Comment