आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता : मंगलबार देवचुली १ र देवचुली १४ विजयी

    प्रकाशित २०८० चैत्र २७, मंगलबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा मंगलबार देवचुली १ र देवचुली १४ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म प्रतियोगिता संचालन गरिएको हो ।

मंगलबार भएको पहिलो खेलमा देवचुली १४ ले देवचुली ७ लाई ४५ रनले हराएको हो । पहिले ब्याटिङ गरेको देवचुली १४ ले कमल रानाभाटको ७२ रन र नरेश रानाभाटको २७ रनको मद्दतले २० ओभरमा ७ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । बलिङतर्फ देवचुली ७ का ओमन सेन्चुरीले २ विकेट र कमल अधिकारीले १ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको देवचुली ७ ले १३.१ ओभरमा १० विकेटको क्षतिमा ११९ रन मात्र बनाएको थियो। देवचुली ७ का सुरज काफ्लेले २७ रन र गौरव न्यौपानेले २४ रन बनाएका थिए । बलिङतर्फ देवचुली १४ का सुजन अर्याल र सरोज दवाडीले २-२ विकेट लिएका थिए। खेलमा देवचुली १४ का कमल रानाभाट प्लेयर अफ दि म्याच भएका थिए ।

मंगलबारको दोस्रो खेलका लागि देवचुली १ देवचुली ३ लाई ७० रनले हराएको छ । पहिले ब्याटिङ गरेको देवचुली १ ले अर्जुन चौधरीको ७७ रन र लक्ष्मण महतोको ३१ रनको मदतले २० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनाएको थियो। बलिङतर्फ देवचुली ३ का प्रदिप गैरेले ३ विकेट र नारायण तिमिल्सिनाले २ विकेट लिएका थिए ।

त्यसै गरि जवाफी ब्याटिङ गरेको देवचुली ३ ले १९.३ ओभरमा १० विकेटको क्षतिमा १४१ रन मात्र बनाएको थियो। बलिङतर्फ देवचुली १ का अर्जुन चौधरीले ३ विकेट र किसन बस्नेतले १ विकेट लिएका थिए । सो खेलमा देवचुली १ का अर्जुन चौधरी प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। खेलमा प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल देवचुली १३ का विरुद्ध देवचुली १६ बिच र दोस्रो खेल देवचुली १२ का विरुद्ध देवचुली १५ बीच हुने खेल तालिका रहेको छ ।

Write your Comment