आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

कावासोती १० मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    प्रकाशित २०८० चैत्र २७, मंगलबार (३ हफ्ता अघि)


नवलपुर । नवलपुरको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नम्बर १० रतवल बस्ने ९० वर्षिय जगरीमाया महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो १ बजे कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा उनलाई गैंडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते भएकी जगरीमायालाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो । उनको उपचारको क्रममा १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Write your Comment