आज:  २०८२ बैशाख ४, बिहिबार | Thu, 17, Apr, 2025 Search
FLASH NEWS

कालिगण्डकी करिडोरको बाटो स्तरोन्नतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

    प्रकाशित २०८० चैत्र २६, सोमबार (१ साल अघि)


नवलपुर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपुर खण्डको बुलिङटार गाउँपालिका र गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रमा पहिरोको कारणले सवारी आवागमनमा निकै कष्ट देखा परेकोले सो समस्या समाधान गर्न शैक्षिक सामाजिक अभियान्ता शिशिर गैरेले नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको छ । बाटो निकै सांघुरो र उकालो भएकोले साना तथा मालवाहक सवारीसाधन आवतजावत गर्न जोखिमपूर्ण रहेकोले उक्त क्षेत्रमा सडक स्तरोन्नति गर्न पर्ने माग गर्नु भएको छ ।

बहुआयामिक उक्त सडक खण्डमा यस्ता किसिमका हेल्चक्राइ गर्नु आफैंमा दु:खद रहेको कुरा शिशिर गैरेले बताउनु भयो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सो क्षेत्रमा अनुगमनमा गएको र उक्त समस्यालाई गम्भीरता पुर्वक हेरेको जानकारी गराउँदै यथाशीघ्र उक्त समस्या समाधान गरि सुरक्षित यात्रा गराउनका लागि प्रयास गरेको बताउनुभयो।”हामीले कालीगण्डकी कोरिडोरको मुख्य कार्यालयमा बारम्बार ताकेता गरेको छौं, पुनः फलोअप गर्नेछौं” उहाँले भन्नुभयो ।

Write your Comment