आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

देवचुलीमा ७२ जना स्काउटका विद्यार्थीहरु दिक्षित

    प्रकाशित २०८० चैत्र २६, सोमबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा ७२ जना स्काउटका विद्यार्थीहरु दिक्षित भएका छन् । देवचुली नगरपालिकाको सहयोगमा भीमसेन आदर्श माध्यमिक विद्यालयमा देवचुली स्काउटद्वारा दिक्षान्त समारोह तथा प्रमाणपत्र, पोसाक एवं स्काउट सामग्री वितरण गरिएको हो।

देवचुली नगरपालिकामा भीमसेन आदर्श मा वि,जन ज्योति नमूना मावि, नेपाल माध्यमिक विद्यालय र वरचुली माध्यमिक विद्यालयमा स्काउटको प्रशिक्षण हुने आयोजकले जनाएको छ ।

देवचुली स्काउटका संयोजक मनवीर पुलामीको अध्यक्षतामा भएको कार्तक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नगर उप प्रमुख पार्वता तिवारी, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, स्काउट प्रदेश कार्यक्रम अधिकृत विजय पौडेल, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोहमा बोल्दै देवचुली स्काउटका संरक्षण समेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले विद्यार्थी जिवनबाट नै असल कार्य को सुरुवात गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले विद्यार्थीहरु गलत बाटोमा हिड्नबाट रोक्न स्काउटमा सहभागी विद्यार्थीहरुले सचेतना प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्काउट सहभागी भएकोमा ४ वटा विद्यालयलाई सम्मान गरिएको थियो । दिक्षित ७२ जना विद्यार्थीलाई पोशाक, प्रमाणपत्र वितरण गरिएको थियो। समारोहमा स्काउटका विद्यार्थीलाई सहजीकरण गण्डकी प्रदेश कार्यक्रम अधिकृत विजय पौडेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन देवचुली स्काउटका सदस्य तुलमाया सापकोटाले गर्नुभएको थियो।

Write your Comment