आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : देवचुली १६ को विजयी सुरुवात

    प्रकाशित २०८० चैत्र २३, शुक्रबार (६ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा शुक्रबारदेखि प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।  युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा  देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाटन गर्नुभएको हो । समुदघाटन खेल पुर्व सम्पुर्ण खेलाडी तथा अतिथिहरुले गत बुधबार सडक दुर्घटनाबाट निधन भएका खेलाडी जोन महतोप्रति मौनधारणा गरेका थिए ।

समुदघाटन खेलमा देवचुली १६ `बी´ ले देवचुली १४ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा देवचुली १६ `बी´ ले देवचुली १४ लाई ३-१ गोल अन्तरले हराएको थियो । खेलमा देवचुली १६  `बी´ का सुमित परियारले २ गोल र नारायण सापकोटाले १ गोल गरेका थिए। सो खेलमा देवचुली १६  `बी´ का सुमित परियार म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा शनिबार पहिलो खेल देवचुली ७ का विरुद्ध देवचुली ८ र दोस्रो खेल देवचुली ५ का विरुद्ध देवचुली १० बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment