आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    प्रकाशित २०८० चैत्र २२, बिहिबार (६ महिना अघि)


देवचुली । देवचुलीमा गएराति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली २ निवासी २४ वर्षीय जोन महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार देवचुली नगरपालिका १६ टाँगिकोट स्थित भित्री सडकमा ग.प्र.०४–००१ प ४१४७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट बायाँ साईडको नालिमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका महतोको उपचारको क्रममा देवचुली नगर अस्पतालमा मृत्यु भएको सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

Write your Comment