आज:  २०८१ माघ ४, शुक्रबार | Fri, 17, Jan, 2025 Search
FLASH NEWS

देवचुलीमा वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता हुँदै

    प्रकाशित २०८० चैत्र १९, सोमबार (९ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा चैत २४ गतेदेखि देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा देवचुली नगरमा रहेका वडाहरुबीच प्रतिष्पर्धा रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Write your Comment