आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन

    प्रकाशित २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । देवचुली नगरपालिकामा रहेका हार्डवेयर व्यवसायीहरुको देवचुली १३ मा रहेको जंगल रिसोर्टमा भएको भेलाले देवचुली हार्डवेयर व्यवसायी संघ गठन गर्ने निर्णय गरिएको हो ।

समितिको उपाध्यक्षमा बद्री कोइराला, सचिवमा टंकप्रसाद न्यौपाने, उप सचिवमा सन्तोष अर्याल, कोषाध्यक्षमा विष्णु पाण्डे चयन गरिएको छ । साथै संघको सदस्यमा सम्पुर्ण व्यवसायीहरु रहने जनाइएको छ। हार्डवेयर व्यवसायीहरुलाई संघमा संगठित गरि व्यवसायीहरुको हकहितमा काम गर्ने देवचुली हार्डवेयर व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Write your Comment