आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

विश्व पानी दिवसको अवसरमा प्रगतिनगर खानेपानीको मुहान क्षेत्रमा सरसफाइ

    प्रकाशित २०८० चैत्र ८, बिहिबार (१ महिना अघि)


देवचुली। विश्व पानी दिवसको अवसरमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाद्वारा सशस्त्र प्रहरी वेश क्याम्प दलदले र अस्थायी प्रहरी चौकी दलदलेको सहकार्य देवचुली ७ मा रहेको मुहान क्षेत्रमा सरसफाइ गरिएको हो ।

विश्व पानी दिवस हरेक वर्षको मार्च २२ तारिखमा मनाउने गरिन्छ। “शान्तिका लागि पानी” भन्ने यस वर्षको मुल नारा रहेको छ । पानी मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएकाले यसको संरक्षणका लागि सबैजना लाग्नुपर्ने प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । खानेपानीलाई मुहानहरु र खानेपानीका क्षेत्रहरुलाई अझ बढी सफाइ गरौं भन्ने अभियानलाई नागरिकसम्म पुर्‍याउन सन्देशमुलक सरसफाइ कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रम को उद्घाटनमा सुरक्षा योजना समितिका सचिव लोकनाथ अर्याल, सशस्त्र प्रहरी वेश क्याम्प दलदलेका प्रहरी निरीक्षक तेजबहादुर ठकुरी, अस्थायी प्रहरी पोस्ट दलदलेका प्रमुख नारायणप्रसाद बराल लगायत संस्थाका पदाधिकारी, कर्मचारी, सुरक्षा समिति एवं सशस्त्र प्रहरी बल दलदले, अस्थायी प्रहरी चौकी दलदलेका सुरक्षाकर्मीहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संस्थाका उपाध्यक्ष दुर्गादेवी बिष्टले स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव इन्द्रमणि भुसालले गर्नुभएको थियो। सरसफाइ कार्यक्रममा मुहान क्षेत्रमा रहेका प्लास्टिक जन्य र अन्य फोहोरहरुलाई संकलन गरिएको थियो।

Write your Comment