आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा संचालित उपमेयरसँग महिला कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० चैत्र ८, बिहिबार (१ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालन भएको उपमेयरसँग महिला कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिकाको सहयोग र ग्रीन फाउण्डेशन नेपाल नवलपुरको समन्वयमा देवचुली ७ मा सोमबारबाट सुरु गरिएको साविक देवचुली गाविसलाई समेट्ने गरेर महिलाहरूको लागि तीन दिने महिला सशक्तीकरण (क्षमता विकास ) कार्यक्रम बुधबार सम्पन्न गरिएको हो। महिलाहरूको सशक्तीकरण गर्दै नेतृत्वतहमा महिला सहभागिता अभिवृद्धि गर्ने र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा गरिएको हो ।

ग्रीन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकका सामाजिक विकास समितिका संयोजक तथा देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, वडा सदस्यहरु, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमलप्रसाद बाचे मगर लगायत साविक देवचुली गाविसका महिलाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै देवचुली ७ का वडा अध्यक्ष भुमीसरा थापाले तालिममा सहभागि भएपछि कुनै न कुनै सङ्घसंस्थाहरूको नेतृत्व लिन अग्रसर हुन सहभागि महिलाहरूलाई अनुरोध गर्नुभयो । महिलाहरुले नेतृत्व गरेको संघसंस्थाहरुले उदाहरणीय काम गरेको भन्दै नेतृत्वका लागि महिलाहरु अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । तालिममा तीन दिन सम्म सिकेका कुरालाई आफ्नो गाउँघर र समुदायमा लागु गर्न देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेले आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला सशक्तीकरणको परिचय र महत्व, पहुँच र नियन्त्रण, लिङ्ग र लैङ्गिकता, महिला र पुरुषको कार्यबोझ, समता र समानता, सामाजिक न्यायका सिद्धान्तहरु, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, नेपालको संविधानले महिलाहरूका लागि गरेका व्यवस्था, उजुरी दिने निकायहरु, महिला सहभागिताका चुनौतीहरु, महिलाका सुविधा सम्बन्धि व्यवस्थाहरु, सशक्तीकरणका भनाई सन्देशहरुको फोटो प्रस्तुति लगायतका विषयमा ठाकुरप्रसाद पाण्डे र खेमनारायण महतोले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा देवचुली ७, ८ र ९ का महिलाहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशनका सचिव दुर्गादेवी विष्टले गर्नुभएको थियो ।

Write your Comment