आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली १० मा मादल बजाउने तालिम सम्पन्न

    प्रकाशित २०८० चैत्र ५, सोमबार (७ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १० मा महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको मादल बजाउने तालिम सम्पन्न भएको छ। चैत १ गतेदेखि वडामा रहेका आमा समुहका प्रतिनिधिहरुलाई ५ दिनको मादल बजाउने तालिम प्रदान गरिएको हो। देवचुली नगरपालिका वडा नम्बर १० को आर्थिक वर्ष २०८०/०८१ का लागि महिला लक्षित योजनाबाट वडामा रहेका १० वटा आमाहरुका प्रतिनिधिलाई तालिम प्रदान गरिएको वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो । अब गाउँघरमा हुने आमा समुहले गर्ने नाचगान तथा विविध कार्यक्रममा पुरुष बोलाएर मादल बजाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभएको थियो।

देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकालले महिलाहरूलाई लक्षित गरि मादल बजाउने सीप सिकाउने सिर्जनशिल काम गरेको बताउँदै निरन्तर अभ्यास गरि कुशल रुपमा मादल बजाउनका लागि सहभागिलाई आग्रह गर्नुभएको थियो। पाँछ दिनसम्म वडाले सिकाएको सीपलाई दैनिक अभ्यास गर्नका लागि मादल समेत प्रत्येक समुहलाई दिएकाले अझ अभ्यासका लागि सजिलो हुने उहाँले बताउनुभयो ।

देवचुली १० मा रहेका १० वटा आमा समुहका ३० जनालाई पाँच दिन सम्म प्रशिक्षक ईश्वरीप्रसाद भुसालले सहजीकरण गरेका थिए। समापन कार्यक्रममा १० वटा आमा समुह र दुई वटा विद्यालयलाई १/१ वटा मादल प्रदान गरिएको थियो।

देवचुली नगरपालिका वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, वडा सदस्यहरु लेखनाथ भुसाल, मोहनबहादुर थापा, विष्णुमाया पंगेनी, रीता सुनार लगायत आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। वडा सदस्य रीता सुनारको स्वागत मन्तव्य रहेको समापन कार्यक्रमको सहजीकरण देवचुली आमा समुहका सचिव गंगा भट्टराईले गर्नुभएको थियो।

Write your Comment