आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोती ११ मा बालविवाह तथा लागुपदार्थ दुर्व्यसन सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८० चैत्र ३, शनिबार (७ महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर ११ को मुसहर बस्तीका बालबालिका र किशोरकिशोरीहरुलाई बालविवाह तथा लागुपदार्थ दुर्व्यसन सम्बन्धि अभिमुखिकरण सम्पन्न गरिएको छ ।क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल, कावासोती वडा नं ११ को कार्यालय र टोलस्तरीय बालक्लवको समन्वयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीलाई बाल विवाह भनेको के हो? बालविवाह हुनुका कारणहरु, बाल विवाह र लागुपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रुपमा पार्ने असरहरु, बाल विवाह र लागुपदार्थ दुर्व्यसन रोकथाम र न्यूनीकरणमा बालक्लव, अभिभावक र किशोरकिशोरीहरुको भुमिकाको बारेमा, बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरुमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? भन्ने विषयहरुमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहजकर्ता राधादेवी बोटेले कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु र टोल समुदायमा प्रत्यक्ष रुपमा भइरहेका देखिरहेका बालविवाह र लागुपदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्ने उदेश्यले बालबालिका र अभिभावक लक्षित कार्यक्रम गरिएको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा अभिभावकहरुले बाल विवाह र लागुपदार्थ दुर्व्यसनका समस्याहरूले गर्दा टोल समुदायमा भएका, देखिएका र भोगेका अनुभवहरु समेत बताउनु भएको थियो । यसको न्यूनीकरणको लागि सवैले महत्त्वपूर्ण चासो र पहल गर्नुपर्ने बताएका थिए । विद्यालय जाने उमेरका बालबालिका नै धूम्रपान र मद्यपानमा फस्ने गरेकोले विद्यालयमा लक्षित अभियानहरु गर्नुपर्ने बताएका थिए ।

टोल स्तरीय बालक्लबका सदस्य एलिसा मुसहरको सभाध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, बालबालिका, किशोरकिशोरी, साथी शिक्षकहरु र सहजकर्ता राधा देवी बोटेको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई किशोरी अभियन्ताहरु कृष्णा देवि माझी र अनिता नेपालीले सहजीकरण गरेका थिए ।

Write your Comment