आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोतीमा महिनावारी स्वच्छता सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८० चैत्र २, शुक्रबार (७ महिना अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १६ मा महिनावारी स्वच्छता सम्बन्धि अभिमुखिकरण सम्पन्न गरिएको छ । क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नं १६ को कार्यालय, नवलपुर किशोरी संजाल र जनता माध्यमिक विद्यालयको समन्वयमा विद्यालयस्तरका किशोरीहरुसँग विद्यालयको सभाहलमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा किशोरीहरुलाई महिनावारी भनेको के हो? महिनावारी प्रक्रिया, महिनावारी भएको समयमा सरसफाइका लागि ध्यान दिनुपर्ने बिषय, बजारिया प्याड र घरायसी प्याडको प्रयोगमा हुने फाइदा र बेफाइदाहरु, किशोरीमैत्री शौचालय प्रयोग गरिसकेपछी प्याड व्यवस्थापन गर्ने तरिका र शौचालय सरसफाइको आवश्यकता र महत्त्वको बारेमा सहजीकरण गरिएको थियो ।

त्यस्तै गरि सहजकर्ता सविता पंगेनीले घरमा दैनिक जिवनमा सानो सानो काम स्वयम् आफुले गर्न, खानपिनले गर्दा पनि महिनावारीमा समस्या देखिने हुनाले स्वस्थ्य र पोषणयुक्त खानपिनमा जोड दिन, महिनावारी सम्बन्धित केही समस्या भएमा समयमा नै जाँच गरि स्वास्थ्य उपचार गर्न, सिकेका कुराहरु सदुपयोग र व्यवहारमा लागू गर्दै आफ्नो अभिभावक तथा साथीहरुलाई पनि सिकाउन सुझाव दिनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा विद्यालय बालक्लवका सदस्यहरु, शिक्षिकाहरु सीता पोख्रेल, सुशीला लम्साल, विद्यालयमा अध्ययनरत किशोरीहरु गरि १०० जनाको सहभागिता रहेको थियो ।

Write your Comment