आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

हुप्सेकोटका दुई विद्यालयमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना

    प्रकाशित २०८० फागुन २२, मंगलबार (७ महिना अघि)


नवलपुर । हुप्सेकोटका दुई विद्यालयहरुमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल पोखराको आयोजनामा हुप्सेकोट ६ मौलाथरमा रहेको हुप्सिकोट माध्यमिक विद्यालय र हुप्सेकोट ५ धोवादीमा रहेको शिक्षा बोधनी माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको हो ।


बालविवाह न्यूनीकरण ,जर्बजस्ती विवाह र मानव बेचबेखिन सम्बन्धि सचेतना प्रवाह गर्न तालिम गरिएको असल छिमेकी नेपाल कास्कीका नवलपुर कार्यक्रम संयोजक पुरन सोतीले जानकारी दिनुभयो । हुप्सेकोटमा केही विद्यालय तथा समुदायमा बालविवाह सम्बन्धि सचेतना प्रवाह गरिएको उहाँले बताउनुभयो । संस्थाले आइतबार हुप्सेकोट माध्यमिक विद्यालय र सोमबार शिक्षा बोधनी माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो।

तालिममा बालविवाह भनेको के हो ?, बालविवाहबाट हुने असरहरु, बालविवाह गर्दा हुने कानुनी कारवाही, बालविवाह अन्त्य गर्नका लागि गर्नुपर्ने कार्यहरु, बालबालिका हिंसाबाट जोगिने उपायहरु, मानव बेचबिखन भनेको के हो ? मानव बेचबिखनबाट जोगिन ख्याल गर्नुपर्ने कुराहरु लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले सहजीकरण गर्नुभएको थियो।


बालबालिकाहरुलाई बालविवाह सम्बन्धि सचेतना तालिम निकै नै प्रभावकारी हुने हुप्सेकोट वडा नम्बर ६ का वडा सदस्य रोमबहादुर वयम्बुले बताउनुभयो । समुदायमा अझै पनि बालविवाहको घटना भइरहेकाले निरन्तर सचेतनामुलक कार्यक्रम गर्नुपर्ने उहाँले जोड दिनुभयो । बालविवाह न्यूनीकरणका लागि सरोकारवालाहरुले विशेष योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Write your Comment