आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पत्रकार महासंघ नवलपुरको स्थापना दिवसमा वृक्षारोपण

    प्रकाशित २०८० फागुन १८, शुक्रबार (४ महिना अघि)


कावासोती। नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपाण गरि मनाएको छ । जिल्ला शाखाको पाँचौँ स्थापना दिवस फागुन १८ गते कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्मित भवन परिसर कावासोती नगरपालिका ३ मा सरसफाई एवम् बृक्षारोपण गरिएको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो ।

स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य दिनु हुँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले जिल्ला शाखा नवलपुरको आफ्नै जग्गा प्राप्ति र कार्यालय भवन निर्माणमा वर्तमान कार्यसमितिको प्रयास प्रसंसनिय रहेको बताउनुभयो । जिल्लामा पत्रकारीताको विकास र आगामी चुनौतिको सामना गर्दै अगाडि बढ्न अध्यक्ष शर्माले सुझाव दिनुभयो । उहाँले नमुना सदरमुकाम कावासोतीमा महासंघको स्थायी भवन निर्माण हुनु पहिलो चरणको कार्य भएको बताउनुभयो । आगामी दिनमा जिल्ला स्तरका सञ्चार गृहलाई मजबुत गराउदै सत्यतथ्य समाचारमा अधारित बनेर पत्रकार महासंघ जिल्ला शाखा नवलपुरलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा पत्रकार उत्पादन गर्दै नमुना महासंघ गराउन अध्यक्ष शर्माले शुभकामना व्यक्तगर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेलले जिल्लामा पत्रकारीताको विकासका लागि सवै एक भएर लाग्नुपर्ने बताउनु भयो । जिल्ला शाखाले संस्थागत विकास संगै पत्रकारहरुको हकहितका लागि पनि काम गरिरहेको उपाध्यक्ष पौडेलले बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य घनश्याम वगाले, बानका केन्द्रिय लेखा समिति संयोजक सागर पोख्रेल, प्रेस चौतारी गण्डकी प्रदेशका कोषाध्यक्ष भविश्वर पाण्डे, प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा,पत्रकार श्रीराम सिग्देल,धनु भुसाल सहितका जिल्लामा कृयाशिल सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment