आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

देवचुली १० मा संचालित किशोरी भलिबलको उपाधि मध्यबिन्दु नगरपालिकालाई

    प्रकाशित २०८० फागुन १३, आईतबार (२ महिना अघि)


देवचुली । देवचुली १० मा संचालन भएको भलिबल प्रतियोगिताको उपाधि मध्यबिन्दु नगरपालिकाले जितेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि मध्यबिन्दु नगरपालिकाले जितेको हो ।

प्रतियोगितामा मध्यबिन्दु नगरपालिकाले आयोजक पृथ्वी मगर समाजलाई सोझो सेटले हराउँदै उपाधि रक्षा गरेको हो । त्यसै गरि देवचुली ९ ले कावासोती नगरपालिकालाई हराउँदै तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमश: १० हजार, ६ हजार र ३ हजार सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । बिजेताहरुलाई फागुन १५ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

फागुन १३ गतेदेखि १५ गतेसम्म पृथ्वी मगर समाजले भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम गरि ४२ औं मगर एकता दिवस मनाउन लागिएको हो । पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं सारुको अध्यक्षता भएको कार्यक्रम समुदघाटनमा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आइतबार पुरुषतर्फ दुई खेलहरु सम्पन्न भएका छन् । पुरुषतर्फ देवचुली १० लाई कावासोती ३ ले हराएको छ भने कावासोती १ लाई अर्खलाले हराएको छ । सोमबार पुरुषतर्फ भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Write your Comment