आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा महिलाहरुका लागि नेतृत्व विकास तालिम

    प्रकाशित २०८० फागुन १३, आईतबार (५ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा महिलाहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नम्बर ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा शनिबार तालिम आयोजना गरिएको हो ।

देवचुली वडा नम्बर ८ को आर्थिक वर्ष २०८०/०८१ का लागि महिला अभिमुखीकरण कार्यक्रमका लागि विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष नुनप्रसाद बाचेले बताउनुभयो ।उहाँका अनुसार वडामा रहेका ३ वटा आमा समूहहरुका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको हो ।

देवचुली वडा नम्बर ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको अध्यक्षता भएको तालिमको उदघाटनमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले समाज परिवर्तनको लागि महिलाहरूले नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै क्षेत्रमा पनि महिलाहरुको समान सहभागिता भएमा मात्र महिलाहरूको क्षमता विकास हुने बताउँदै नेतृत्व लिनका लागि महिलाहरु तयार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा देवचुली ७ का वडा अध्यक्ष भुमीसरा थापाले तालिमको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, महिला अधिकार कर्मी कोपिला पौडेल, देवचुली नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विमला लम्साल र शैक्षिक व्यक्तित्व मनवीर पुलामीले उदघोषणकला, नेतृत्व विकास, महिला हिंसाबाट बच्ने उपाय र महिला सशक्तीकरण सँग सम्बन्धित विविध विषयमा सहजीकरण गर्नुभएको थियो।

वडामा रहेका ३ वटा आमा समुहका प्रतिनिधिहरु सहभागी रहेको कार्यक्रममा वडा सदस्य रुपा बिकले स्वागत मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रमको संचालन वडा सदस्य खेममाया बाह्रघरेले गर्नुभएको थियो।

Write your Comment